शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

‘छक्का पन्जा–यूएसए कमेडी टुर २०२५’ को घोषणा, दीपक र जितु सँगै

सोमबार, २३ भदौ २०८२, १७ : ०७
सोमबार, २३ भदौ २०८२

काठमाडौंँ । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘छक्का पन्जा– युएसए कमेडी टुर २०२५’को आयोजना हुने भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा टुरको औपचारिक घोषणा भयो ।

कार्यक्रम सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने र विभिन्न १५ स्थानमा हुने कार्यक्रममा जानकारी दिइयो । सेप्टेम्बर २० मा कोलाबस, २१ मा एक्रोन, २७ मा टेक्सास (डालस)मा कार्यक्रम आयोजना हुँदैछ । हरेक वर्ष हुने डालस मोमो फेस्टिभलमा यो वर्ष करिब १५ हजार दर्शकको उपस्थिति रहनेछ । 

नेपालबाट समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन् भने अमेरिकामा सुदिप आत्रेय र सुमन अधिकारी रहेका छन् । कमेडी टुरमा छक्का पन्जा टिमको तर्फबाट दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन् । त्यस्तै कलाकार तथा होस्ट आसिफ शाह, गायिका मिना पोख्रेल र धर्मेन्द्र सेवान पनि यो टुरमा सहभागी हुनेछन् । 

केही समय अगाडि मात्र आत्रेय प्रोडक्सन हाउसले प्रकाश सपुत सहितको विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा करिब १५ वर्षपछि अमेरिका जान लाग्दा उत्साहित भएको कलाकार गिरीले बताए । ‘अमेरिकाका हरेक सहरमा हाम्रा चलचित्र हेर्ने दर्शक हुनुहुन्छ । हरेक वर्षको दशैँमा हाम्रा चलचित्र दर्शकले हेर्नुहुन्थ्यो । यो पटक हाम्रो चलचित्र रिलिज छैन । त्यही भएर दर्शक भेट्न र उहाँहरूलाई धन्यवाद दिन र छक्का पन्जाको प्रत्यक्ष मज्जा दिनको लागि हामी यो यात्रामा सहभागी हुँदै छौँ’, उनले भने । 

निर्देशक तथा कलाकार दीपाश्री निरौल भने उत्साहितसँगै केही नर्भस रहेको बताइन् । अभिनेता नेपालले भने दर्शकसँग प्रत्यक्ष भेट्न, दशैँ मनाउन आफू उत्साहित रहेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप