जेन्जी आन्दाेलन
प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न: सञ्चार मन्त्री गुरुङ
सोमबार, २३ भदौ २०८२, २३ : ३७
सारांश
- मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए।
- उनले प्रतिपक्षी दलको राजीनामा मागको बाबजुद प्रधानमन्त्रीले पद नत्याग्ने कुरा दोहोर्याए।
- सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन्। उनले प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए।
उनले भने, ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन।’
उनले सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको पनि जानकारी दिए।
उनले भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने भन्दै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा नेपालमा दर्ता हुन अस्वीकार गरेको पनि बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण