तस्बिरमा हेर्नुहोस् कोशी प्रदेशको राजधानी विराटनगरको अवस्था
सारांश
- विराटनगरमा जेनजीको प्रदर्शनका क्रममा सरकारी संरचनामा आगजनी र तोडफोड भएको छ।
- प्रदर्शनकारीले प्रदेशसभा भवन, अदालत, र अन्य सरकारी कार्यालयहरूमा आगो लगाएका छन्।
- ट्राफिक चोकमा रहेका सरकारी तथा निजी सवारी साधनमा आगजनी हुनुका साथै भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको छ।
विराटनगर । जेनजीको प्रदर्शन र आगजनीले मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरका सरकारी संरचना ध्वस्त भएका छन् । प्रदर्शनकारीले प्रदेशसभा भवन, उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आगो लगाए ।
विराटनगरको मुख्य बजार ट्राफिक चोकमा रहेको आन्तरिक राजस्व कार्यालयका दर्जनबढी सरकारी तथा निजी कार तथा गाडीहरू जलेका छन् । प्रदर्शनकै क्रममा विराटनगर–३ मा रहेको प्रदेश प्रमुखको कार्यालयमा आगजनी भयो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ९ वटा गाडीसहित भवनको पहिलो तल्लामा आगो लगाइयो ।
_h4daisKvDM.jpg)
उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सवारी साधन जलाएर प्रदर्शनकारीले भवनमा पनि आगजनी गरे । विराटनगर महानगरपालिकाको कार्यालय, प्रमुख जिल्ला अधिकारीको सरकारी निवास, प्रदेशकै पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पनि आगजनी गरे ।
_KAtevMaciz.jpg)
विराटनगरको ट्राफिक चोकमै रहेको राष्ट्रिय वाणिज्य बैंकको भवन तोडफोड गरेका प्रदर्शनकारीले मंगलबार बेलुका भने भाटभटेनी सुपरमार्केटमा आगो लगाए भने लुटपाट मच्चाए ।
_IWml2bpLox.jpg)
यस्तै डिभिजन वन कार्यालय मोरङ, सडक डिभिजन कार्यालय, विराटनगर, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयलगायत दर्जनौँ भवनहरूमा आगजनी भएको छ ।
_b18979UB5u.jpg)
_z0SJluKUF8.jpg)
_D9jBzCcb9U.jpg)
_DbwzYiD3WB.jpg)
_UlrLWRPr9e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण