पोखरामा भलिबल खेलाडी अलपत्र, विमानस्थल खुले विदेशी खेलाडी घर पठाउने तयारी
सारांश
- एभरेस्ट महिला भलिबल लिगका खेलाडीहरू जेनजी आन्दोलनका कारण काठमाडौँ आउन सकेका छैनन् र पोखरामा अलपत्र परेका छन्।
- पोखरामा खेलाडी बसेको होटल जलेको छ र प्रतियोगिता स्थगित भएको छ।
- टिम मालिकहरूले विमानस्थल खुलेपछि खेलाडीहरूलाई काठमाडौँ ल्याउने र विदेशी खेलाडीलाई घर पठाउने योजना बनाएका छन्।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेलिरहेका टिमहरूले आफ्ना खेलाडीलाई काठमाडौँ ल्याउन मुस्किल भएको छ । सोमबारबाट भएको जेनजी आन्दोलनका कारण खेलाडीहरू काठमाडौँ आउन नपाएर पोखरामा अलपत्र परेका हुन् ।
खेलाडी बसेको होटल पनि जलेको छ । काठमाडौँ स्पाइकर्स र पोखरा बसेको सरोबर होटल जलेपछि खेलाडीहरू अनेत्र सारिएको छ । पोखरामा चलिरहेको प्रतियोगिता जेनजी आन्दोलनका कारण मंगलबार नै स्थगित भएको थियो ।
मेधेश युनाइटेडका टिम मालिक रोहित अग्रवालले खेलाडीहरू काठमाडौँ ल्याउने तयारी भएपनि त्रिभुवन विमानस्थल बन्द हुँदा समस्या भएको बताए ।
‘हामीले खेलाडीहरू काठमाडौँ ल्याएर विदेशी खेलाडीलाई उनीहरूको देशमा छिटै पुगाउने योजना बनाएका छौँ । तर, विमानस्थल बन्द हुँदा असहज भएको छ,’ अग्रवालले रातोपाटीसँग भने ।
यता कर्णाली एसविस पनि आफ्ना खेलाडीहरूलाई जति सक्दो छिटो काठमाडौँ ल्याउने तयारीमा छ ।
‘हामी विमानस्थल खुल्ने समय पर्खेका छौँ । चाँडै खुलेमा खेलाडीलाई काठमाडौँ पुगाउने तयारी छ । त्यसपछि विदेशी खेलाडीलाई घर फर्काउने तयारी छ,’ कर्णालीका टिम मालिक मध्यका एक कृष्ण विकले रातोपाटीलाई भने ।
यता ललितपुर क्विन्सका टिम मालिक रमेश पराजुलीले आफ्नो खेलाडीहरू सुरक्षित अवस्थामा भएको तर, विमानस्थल खुलेपछि काठमाडौँ ल्याउने र विदेशी खेलाडी घर पठाउने मुख्य योजना भएको बताए ।
‘सबैभन्दा पहिला खेलाडी काठमाडौँ ल्याउने तयारी छ । त्यसपछि विदेशी खेलाडीलाई सकुशल आफ्नो घर पठाउने तयारी छ,’ पराजुलीले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण