सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर

बुधबार, २५ भदौ २०८२, १६ : १६
बुधबार, २५ भदौ २०८२

सारांश

  • काठमाडौंमा जेनजीको प्रदर्शन चर्किएपछि प्रहरीहरूले कार्यालय छाडेर हिँडेका थिए।
  • प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरूले कार्यालय र हतियार छाडे।
  • प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर जारी गरेको छ।

काठमाडौँ । जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।

कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप