सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

बुधबार, २५ भदौ २०८२, १९ : ३८
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । भारतीय मिडिया न्युज-१८ सँगको कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएकी हुन् । 

‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ,’ उनले भनिन् । 

कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दु:ख व्यक्त गरेकी छिन् । 

सरकारको नेतृत्व गरेपछि आफ्नो पहिलो चरणको काम भ्रष्टाचार नियन्त्रण हुने बताइन् । नेपाली राजनीतिमा सधैँ समस्या भइरहेको भन्दै कार्कीले अब जेनजी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्ने बताइन् । 

‘नयाँ वातावरण बनाउँछौँ । यो समस्या रोक्छौँ,’ उनले भनिन् ।

कार्कीले नेपाल-भारतबिचको सम्बन्धबारे पनि बताएकी छिन् । ‘भारत सरकारसँगको सम्बन्ध राम्रो छ । भारतमा हाम्रो धेरै नाता छ । हाम्रो धेरै सद्भाव छ । उनीहरूले हामीलाई धेरै मान्छन् । हामी र भारतबिच राम्रो सम्बन्ध छ । हामी जान्दछौँ,’ उनले भनिन् । 

उनले भाँडा नजिक हुँदा बजेर कहिलेकाहीँ आवाज आउनु स्वाभाविक भएको भन्दै नेपाल र भारतबिचको सम्बन्ध सधैँ मजबुत रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप