सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

बुधबार, २५ भदौ २०८२, २० : २३
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । नयाँ सरकारको नेतृत्वका लागि जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि यसप्रति समर्थन जनाएका छन् । 

जेनजी अभियन्ता रक्षा बमले यसबारे जानकारी दिएकी हुन् । जेनजी पुस्ताहरूको बुधबार दिनभरको भर्चुअल बैठकले कार्कीको नाम पारित गरेको थियो । उनको नाममा सर्वाधिक प्रस्ताव आएको थियो । साथै प्रधानसेनापतिसँग भेट्न गएका जेनजी टोलीले पनि कार्कीलाई नै अबको नेतृत्व दिन तयार रहेको जनाइएको छ । 

महानगरपालिका मेयर बालेन सचिवालयले पनि यसबारे राताेपाटीसँग पुष्टि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप