वीरगञ्जमा कर्फ्यू केही खुकुलो
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी कर्फ्यू केही खुकुलो बनाएको छ । जेनजी आन्दोलनपछिको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले वीरगन्जमा कर्फ्यू आदेश जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम यो आदेश जारी गरिएको जानकारी दिएका छन् ।
बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू जारी गरिएको छ । त्यसैगरी निषेधाज्ञा दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म र अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञाको अवधि रहनेछ । पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्मलाई निषेधाज्ञा क्षेत्र तोकिएको छ ।
कर्फ्यूको समयमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारीसाधनलाई छुट दिइनेछ । यसबाहेक पर्यटकका सवारीसाधन, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने गाडी र हवाई टिकट भएका यात्रुलाई पनि सुरक्षाकर्मीले सहज रूपमा आवतजावत गर्न दिनेछन् ।
निषेधाज्ञाको समयमा भने दैनिक उपभोग्य सामान खरिद-बिक्री गर्न र सामान्य आवतजावत गर्न पाइनेछ । तर यस अवधिमा ५ जना वा सोभन्दा बढी व्यक्ति जम्मा हुन वा कुनै पनि किसिमको सभा, जुलुस, भेला र प्रदर्शन गर्न पाइने छैन । आदेशको उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण