माइतीघर मण्डलामा सरकारको धरपकड, निर्णय लागु नहुँदै गरियो पक्राउ (फोटोफिचर)
काठमाडौं । सरकारले निषेधित क्षेत्र तोकेको विरोधमा प्रर्दशन गर्न गएकाहरु विवेकशील साझा पार्टीका संयोजक उज्जवल थापा, केन्द्रीय सदस्य शशिबिक्रम कार्कीसहित एक दर्जन पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर सिंहदवार लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
माइतघर मण्डलालगायतका क्षेत्रमा प्रर्दशन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।
यहीक्रममा आज सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्न माइतीघर मण्डला गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेको थिए ।
काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।
बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।
गृहमन्त्री थापाले साउन १ गतेबाट सरकारको निर्णय लागु हुने बताएका भएपनि त्यसभन्दा पहिला नै पक्राउ गरिएको छ ।

गृहमन्त्रालयले काठमाडौंको खुल्लामञ्च, तिनकुनेस्थित खाली चउर, स्वयम्भुको भगवानपाउस्थित खुल्ला जमिन, पेप्सिकोला खेल मैदान, सानो गौचरण, लैनचौरस्थित खाली जमिन र गौशालाको सिफल चउरमा मात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।
यसैगरी ललितपुरको च्यासल खेल मैदान, गोदावरी बसपार्कसँगै रहेको खुल्ला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिर नजिकैको खाली जमिन, लुभुको ससमु चौर र घोविघाट नजिकै रहेको खुल्ला जमिनमा मात्र अब प्रदर्शन गर्न पाइनेछ ।

भक्तपुर जिल्लामा भने सरकारले एक स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाउने स्थानको रुपमा तोकेको छ । भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा मात्र विरोध प्रदर्शन गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको स्थानभन्दा बाहेक अन्यत्र विरोध प्रदर्शन गरेमा साउन एक गतेदेखि स्थानीय प्रशासनले हस्तक्षेप गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताएका छन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण