एभरेस्ट महिला भलिबल लिग : पोखरामा रहेका सबै खेलाडी काठमाडौँ फर्के
सारांश
- एभरेस्ट महिला भलिबल लिग खेल्न पोखरामा गएका सबै खेलाडी काठमाडौँ फर्किएका छन्।
- लिग स्थगित भएपछि आयोजकले खेलाडीलाई काठमाडौँ फर्काएको हो।
- विदेशी खेलाडीलाई पनि पठाउने तयारी भइरहेको छ।
काठमाडौँ । फ्रेन्चाइजी लिग एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेल्न पोखरामा रहेका सबै भलिबल खेलाडी काठमाडौँ फर्केका छन् ।
आयोजकले बिहीबार र शुक्रबार बिहान गरेर सबै खेलाडीहरूलाई काठमाडौँ भित्राएको हो । भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने भनिएको लिग जेनजी आन्दोलनका कारण २४ गतेबाट स्थगित भएको थियो ।
प्रतियोगितामा सहभागी भएका १८ जना विदेशी खेलाडीहरूलाई पनि सकुशल रूपमा पठाउने तयारी टिमहरूले गरेको आयोजकले जानकारी दिएको छ । ‘सबै खेलाडीलाई काठमाडौँ पुगाउन सफल भएका छौँ । अब विदेशी खेलाडीहरूलाई पनि पठाउने तयारीमा छौँ,’ आयोजक इन्फिनिटी ग्रुपका अमिर अक्तरले रातोपाटीलाई भने ।
यता ललितपुर क्विन्सले भने थाइल्यान्डका तीन जना विदेशी खेलाडीलाई आज नै घर पठाउने तयारी गरेको छ । शुक्रबार दिउसो १: ३० बजेको विमानमा खेलाडी स्वदेश फर्कनेछन् ।
इडब्ल्यूभीएलका बाँकी टोलीले पनि खेलाडीहरूलाई एम्बेसीसँग समन्वय गरेर छिटै घर पठाउने तयारी भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण