शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
ट्राफिक प्रहरी नभएपछि जडिबुटीमा जाम सहजीकरण गर्दै युवा, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

ट्राफिक प्रहरी नभएपछि जडिबुटीमा जाम सहजीकरण गर्दै युवा, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । भाद्र २३-२४ मा भएको 'जेनजी' प्रदर्शनपछि राजधानीमा उत्पन्न तनावपूर्ण स्थितिका कारण जनजीवन प्रभावित बनेको छ। प्रदर्शनका क्रममा चर्किएको हिंसापछि नेपाली सेनाले दिउँसो निषेधाज्ञा र साँझमा कर्फ्यु जारी गरिरहेको छ। यद्यपि, नागरिकको अत्यावश्यक काम र सहजताको लागि सेनाले बिहान र बेलुका केही घण्टा खुकुलो पार्दै आएको छ।

youth (1)

यही खुकुलो समयमा सवारीसाधनको चाप बढेसँगै काठमाडौंका मुख्य चोकहरुमा ट्राफिक प्रहरीको अनुपस्थितिका कारण चर्को जाम हुन थालेको छ। यसै क्रममा, काठमाडौंको जडिबुटी चोकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा पाँच युवा स्वस्फूर्त रूपमा जाम सहजीकरणमा जुटेका छन्।

youth (2)

रमेश बुढाथोकी, नेल्सन मगर, नशिव मुखिया, सौगात गौतम र सुमित श्रेष्ठ नामका यी युवाहरुले ट्राफिक प्रहरीको अभावमा जडिबुटी चोकमा सवारीसाधनको आवतजावतलाई मिलाउने र जाम हटाउने प्रयास गरिरहेका छन्। उनीहरुको यो निस्वार्थ प्रयासले सवारी चालक तथा पैदलयात्रीलाई केही हदसम्म राहत मिलेको छ।

youth (3)

सेनाले खुकुलो पारेको सीमित समयमा आफ्नो गन्तव्यमा पुग्न हतारिएका सर्वसाधारण जामका कारण थप मर्कामा परेका थिए। 

youth (4)youth (5)youth (6)youth (7)youth (8)youth (9)youth (10)youth (11)youth (12)youth (13)youth (14)youth (15)

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया