जितिया पर्वमा नुहाउने क्रममा बालिकाको मृत्यु, अर्का बालकको शव भारतमा फेला
रौतहट । जितिया पर्वको ‘नहायखाय’ अनुष्ठानका लागि लाल बकैया नदीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ। गौर नगरपालिका–६ निवासी बैजु साहकी १० वर्षीया छोरी करिश्मा (अमृता) साह शनिबार बिहान नदीमा बेपत्ता भएकी थिइन्।
आमा र अन्य व्रतालुसँगै स्नान गर्न गएकी साहलाई नेपाली सेनाले घन्टौँको खोजीपछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
यसैगरी, गत बिहीबार सोही नदीमा नुहाउन गएका ईशनाथ नगरपालिका–१ का १५ वर्षीय बिगन साहको पनि शव फेला परेको छ। पाँच जना साथीहरूसँगै गएका उनी बाढीको भेलले बगाउँदा बेपत्ता भएका थिए।
खोजीको तेस्रो दिन उनको शव करिब ८ किलोमिटर दक्षिण भारतको भूभागमा फेला परेको प्रहरीले जनाएको छ। भारतीय भूभागमा भेटिएको शव नेपाल ल्याउनका लागि स्थानीय प्रशासन र परिवारजन भारत पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण