भक्तपुरमा लागूऔषधसहित ४ जना युवा पक्राउ
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले चेकजाँच गर्ने क्रममा लागुऔषध (गाँजा) सहित ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार चेकजाँच गर्ने क्रममा चागुँनारायण नगरपालिका वडा नम्बर ६ तेलकोटकोमा नगरकोटबाट भक्तपुर आउँदै गरेको बा६ प ७१२ नम्बरको स्कुटरमा सवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ९ ठुलेपोखरी स्थायीघर भई हाल काठमाडौं महानगरपालिका बुद्धनगर बस्ने १७ वर्षका प्रशान्त सुवेदी रहेका छन् ।
सोही स्कुटर सवार झापा अर्जुन धारा नगरपालिका वडा नं. ११ माण्डुक्के खड्कालाई समेत पक्राउ गरेको छ ।
सुवेदीले बोकेको खरानी कालो रंगको झोलाभित्र विभिन्न रंगको प्लाष्टिकमा १७ (सत्र) पोका पारेको जम्मा ४ सय १० ग्राम लागूऔषध गाँजा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।
प्रहरीले नगरकोटबाट भक्तपुरतर्फ आईरहेको बा९१प १४१६ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका व्यक्तिले झोलाभित्र प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा तीन सय ग्राम लागूऔषध गाँजा फेला पारेको छ ।
उक्त मोटरसाइकलमा सवार मोरङ रंगेली नपा. वडा नं. ८ स्थायी घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका पुरानो बानेश्वरमा बस्ने वर्ष २१ को दिपिन श्रेष्ठ पक्राउ गरेको हो ।
सोही मोटरसाइकलमा सवार भक्तपुर चाँगुनारायण नगरपालिका ९ का १९ वर्षका मनिष केसीलाई पक्राउ गरेको डिएसी पोखरेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण