आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

आइतबार, २९ भदौ २०८२, १३ : ५२
आइतबार, २९ भदौ २०८२

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान हेटौँडा–१ बुद्धचोकमा उपमेयर बानियाँमाथि आक्रमण भएको हो ।

आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणमा संलग्न हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरिएको बताए । आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाको  अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप