गण्डकीमा कर्मचारीलाई बिदा रोक्का, कार्यालय सफाइमा जुटे कर्मचारी
पोखरा । गण्डकी प्रदेश सरकार मातहतका कर्मचारीलाई बिदा रोक्का गरिएको छ । आइतबार बसेको सचिव स्तरीय बैठकले कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा रोक्का गर्ने निर्णय गरेको हो ।
बैठकले आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडको घटनापछि अवस्था सामान्यीकरण गर्न ७ बुँदे निर्णय गरेको छ ।
क्षतिको विवरण सङ्कलन गरी तत्काल सेवा सुचारु गर्नेदेखि कर्मचारीहरूलाई अत्यावश्यक बाहेक बिदा नदिनेसम्मका महत्त्वपूर्ण निर्णय गरिएको मुख्यमन्त्री कार्यालयका सचिव रमेश ढकालले जानकारी दिए ।
‘जहाँ क्षति भएको छैन त्यहाँबाट सेवा सुरु भैसकेको छ । सामान्य सेवामा हामीले अवरोध गरेका छैनौँ,’ उनले भने, ‘मुख्यमन्त्री कार्यालयबाट पनि किताबखाना सम्बन्धी काम अघि बढेको छ । अरू त सबै भग्नावशेष नै छ । सरसफाइ गर्दैछौं । त्यसपछि मात्रै सेवा सुरु होला ।’
गण्डकीमा प्रमुख सचिवको पद रिक्त भएको छ । सचिव खगेन्द्र सुवेदीको उमेरहदका कारण अनिवार्य अवकाशपछि गण्डकीको कर्मचारी नेतृत्वविहीन बनेको हो ।
अहिले मन्त्रालयका कर्मचारी सरसफाइमा जुटेका छन् । मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्रै १ सय ८५ बोरा फोहोर निकालिएको उनले जानकारी दिए ।
कार्यालयका महत्त्वपूर्ण सामान हुने भएकोले बाह्य व्यक्तिलाई सरसफाइमा नखटाइएको उनले सुनाए । ‘कर्मचारीले नै सरसफाइ गरिरहेका छौँ । बाहिरका मान्छे लगाउन पनि समस्या छ । सामग्री हराउन सक्ने डर हुन्छ,’ उनी भन्छन्, ‘भित्रको सरसफाइ आफैले गर्ने हो । गरिरहेका छौँ । अझै हप्तौँ लाग्छ ।’
मुख्यमन्त्री कार्यालयसहित गण्डकीका ६ वटा मन्त्रालयमा तोडफोड र आगजनी गरिएको छ । ४ वटा मन्त्री क्वार्टर सहित दर्जनौँ सवारी साधनमा आगजनी भएको छ ।
बैठकले प्रहरीको रोहबरमा क्षतिको मुचुल्का तयार पार्ने, सरसफाइ गरी तत्काल सेवा सुरु गर्ने र सार्वजनिक सम्पत्तिको सुरक्षा बढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण