ओली र देउवा अझै सेनाको सुरक्षामा, अरू पूर्वप्रधानमन्त्री र निवर्तमान मन्त्रीहरू फर्किए
काठमाडौँ । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहले आतंकित भएको काठमाडौँ उपत्यका सामान्य अवस्थामा फर्किएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको विरोध प्रदर्शनमा केपी ओली सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो ।
दमनपछि भड्किएको आन्दोलनकारीले राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए । राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमा आगजनी गरेका थिए ।
उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएको थियो ।
भदौ २४ गते बिहान ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमा राखेको थियो । प्रचण्ड र माधव सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठकमा थिए । त्यहीँबाट सेनाले उद्धार गरी सुरक्षित स्थलमा राखेको थियो ।
कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा आफ्नै निवास बुढानीलकण्ठमा थिए । आक्रोशित प्रदर्शनकारीले निवासमा आगजनी गरी देउवा दम्पतीलाई निर्घात कुटपिट गरेको अवस्थामा सेनाले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।
पूर्वप्रधानमन्त्री खनाल निवासमै भएको बेला प्रदर्शनकारीले आगजनी गरेको थियो । सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थलमा लगेका थिए । आगजनीमा परेर खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् । जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास जलाइए पनि उनी सेनाको ब्यारेकमा बसेनन्, आफन्तको घरमा बसे ।
ओली र देउवा बाहेक आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू फर्किएको उच्च स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण