आक्रोशित हर्क साम्पाङलाई बालेनले भने– मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिनँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् ।
सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।
उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए । उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन !’

उसो त हर्कले आफूलाई नै प्रधानमन्त्रीमा दाबीमात्रै गरेका थिएनन् त्यसैका लागि काठमाडौँ समेत आएका थिए ।
प्रधानमन्त्रीका लागि उनले जंगीअड्डामा समर्थक समेत उतारेका थिए । तर, जेनजीहरुले सुशीला कार्कीलाई अघि सार्दा बालेनले समेत समर्थन गरेपनि उनी आक्रोशित बनेका थिए ।
हाल धरान फर्किसकेका उनले प्रधानमन्त्री नपाएपनि खानेपानी र श्रम तथा रोजगार दुईवटा मन्त्रालय दिँदा नलिएको समेत फेसबुकमार्फत दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण