घाइतेहरूको अवस्था बुझ्न मन्त्रीद्वय नेपाल प्रहरी अस्पतालमा
बुधबार, ०१ असोज २०८२, २० : २८
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी अस्पतालमा उपचाररत आन्दोलनका घाइतेहरूलाई भेटेका छन्।
उनीहरूले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।उक्त अस्पतालमा हाल १६ जना प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
मन्त्रीहरूले उनीहरूको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग पनि आवश्यक परामर्श गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण