जेनजी आन्दोलनपछि ६ दिन देखि सरसफाइ लागेका युवाहरू भन्छन् ‘हाम्रो देश, हामी बनाउँछौँ’
सारांश
- धनगढीमा जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडपछिको क्षतविक्षत अवस्था सुधार्न युवाहरू जुटेका छन्।
- शिवपुरी युवा क्लब र राजपुर स्पोर्टस् क्लबको संयुक्त अगुवाइमा युवाहरूले ६ दिनदेखि सरसफाइ तथा पुनर्निर्माण अभियान चलाइरहेका छन्।
- युवाहरूले आन्तरिक राजस्व कार्यालय, मालपोत, नापी, जिल्ला प्रशासन लगायतका कार्यालय सफा गरिसकेका छन् र धनगढीलाई पुरानै अवस्थामा फर्काउन सबैलाई आग्रह गरेका छन्।
धनगढी । जेनजी आन्दोलनको क्रममा धनगढीका सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडपछिको क्षतविक्षत अवस्थालाई सुधार्न स्थानीय युवाहरू अग्रसर भएका छन्। शिवपुरी युवा क्लब र राजपुर स्पोर्टस् क्लबको संयुक्त अगुवाइमा युवाहरू विगत ६ दिनदेखि निरन्तर सरसफाइ तथा पुनर्निर्माण अभियानमा जुटेका हुन्।
शिवपुरी युवा क्लबका अध्यक्ष विष्णु खड्काका अनुसार उनीहरू धनगढीलाई पहिलेकै अवस्थामा फर्काउन उनीहरू लागिपरेका हुन्।
‘हाम्रो देश हामी बनाउँछौँ भन्ने अभियानमा हामी छौँ,’ अध्यक्ष खड्काले भने।

उनका अनुसार, आन्दोलनले क्षति पुर्याएका आन्तरिक राजस्व कार्यालय, मालपोत, नापी, जिल्ला प्रशासन र विभिन्न मन्त्रालयका प्रशासन भवनमा युवाहरूले सरसफाइ गरिसकेका छन्। सभ्य समाज निर्माणका लागि युवा शक्ति नै लाग्नुपर्नेमा खड्काले जोड दिए।
यी युवा क्लबहरू सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको विष्णु बताउँछन्। उनका अनुसार युवाहरूलाई सचेत गराउने, फुटसल, क्रिकेट, भलिबल जस्ता खेलकुद प्रतियोगिता आयोजना गर्ने तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यमा उनीहरूको संलग्नता रहँदै आएको छ।
अभियानमा संलग्न युवाहरूले धनगढीलाई पुरानै अवस्थामा फर्काउन र पुनर्निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्रास्फीति लक्ष्यभित्रै, विदेशी विनिमय सञ्चितिले १९ महिनाको आयात धान्ने
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण