कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
सारांश
- कोशी अस्पतालको स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरिएको छ ।
- स्वास्थ्यमन्त्री र गृहमन्त्रीले स्थलगत निरीक्षण गरी जग्गा खाली गराउने बताएका थिए ।
- चार संस्थाले सामाजिक सेवाको आवरणमा जग्गा ओगटी व्यावसायिक सटरहरू निर्माण गरी भाडा असुली गरिरहेका छन् ।
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन अर्को ७ दिने सूचना जारी भएको छ ।
अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना टाँस गर्दै संरचना खाली गर्न अन्तिमपटक भन्दै सूचना जारी गरेको हो । आइबार अस्पतालको जग्गा अतिक्रमणबारे स्वास्थ्यमन्त्री निशा मेहताका साथै गृहमन्त्री सुदन गुरुङले स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री मेहताले जग्गा खाली गराउने बताएकी थिइन् ।
अस्पतालको स्वामित्वमा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को करिब १० कठ्ठा जग्गा वर्षौँदेखि विभिन्न चार संस्थाले कब्जा गर्दै आएका छन् । नापी कार्यालय मोरङले गत जेठ २९ गते गरेको फिल्ड रेखांकन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ । तर, त्यहाँ संरचना बनाएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अटेर गर्दै आएका छन् ।
सामाजिक सेवाको आवरणमा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी व्यावसायिक सटरहरू निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेको पाइएको छ । अस्पतालको आन्तरिक अध्ययनअनुसार क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर जग्गामा बनेका संरचनाबाट मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँछ । यस्तै, नेपाल रेडक्रस सोसाइटीले २ कठ्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि व्यावसायिक सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।
अस्पतालले यसअघि असार ५ गते १५ दिनको म्याद दिएर पहिलो पटक सूचना जारी गरेको थियो, जसको म्याद असार १९ गते सकिएको थियो । सो अवधिमा पनि संरचना नहटाएपछि सोमबार देखि लागु हुने गरी ७ दिनको अन्तिम अल्टिमेटम दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण