भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
सारांश
- भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३५३५ पुगेको छ ।
- भूकम्पबाट १७,८५४ जना घरविहीन भएका छन् र १२,८०० जना अस्थायी आश्रयस्थलमा बसिरहेका छन् ।
- स्वास्थ्य संकट र सङ्क्रामक रोगको जोखिम बढ्दै गएको छ ।
कारकास । गत साता भेनेजुएलामा आएका शक्तिशाली दुई भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ५ सयभन्दा माथि उक्लिएको छ । साथै करिब १८ हजार मानिस अझै पनि घरविहीन रहेको बताइएको छ ।
सरकारी तथ्याङ्क उद्धृत गर्दै सांसद जर्ज रोद्रिगेजले सोमबार दिएको जानकारीअनुसार भूकम्पबाट हालसम्म ३ हजार ५३५ जनाको मृत्यु भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन् । त्यस्तै, १७ हजार ८५४ जना घरविहीन भएका छन् ।
सबैभन्दा बढी प्रभावित राजधानी काराकास र तटीय क्षेत्र ला गुआइरामा रहेका ८० वटा अस्थायी आश्रयस्थलमा कम्तीमा १२ हजार ८०० जना बसिरहेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार ला गुआइरामा ट्रक र फरेन्सिक टोलीले शव बोकेर ल्याइरहेका देखिएका थिए । स्थानीय प्रशासनले सेता क्रसले चिन्ह लगाइएको खुला क्षेत्रमा मेसिन प्रयोग गरेर सामूहिक रूपमा शव गाडिरहेको दृश्य पनि देखिएको बताइएको छ ।
गत जुन २४ मा केही सेकेन्डको अन्तरमा ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प काराकास र वरपरका क्षेत्रमा आएका थिए । ती भूकम्पका कारण करिब ६० हजार भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरिएको छ । विशेषज्ञहरूले अब भूकम्पपछि अर्को ठुलो स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । हजारौँ विस्थापित मानिसहरू भीडभाड भएका अस्थायी शिविर वा खुला आकाशमुनि बस्न बाध्य छन्, जहाँ स्वच्छ खानेपानी र आधारभूत सरसफाइको अभाव छ ।
धेरै घाइतेले अझै उपचार पाएका छैनन् भने सङ्क्रामक रोग फैलिने जोखिम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । देशको स्वास्थ्य प्रणालीले बढ्दो बिरामीको चाप थेग्न कठिनाइ भोगिरहेको जनाइएको छ । काराकासस्थित होस्पिटल होसे ग्रेगोरियो हेर्नान्डेजका ट्रमा विभाग प्रमुख युजेनियो कोभाले भूकम्पपछि लामो समयसम्म प्रभावित भएका बिरामीहरूमा सङ्क्रमण तीव्र रूपमा फैलिन सक्ने चेतावनी दिएका छन् । ‘जटिल चोटपटकका बिरामीको उपचार अझै जारी छ । तर अब सङ्क्रमणको समस्या थपिँदै गएकाले अवस्था झन् चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण