मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता

मङ्गलबार, २३ असार २०८३, ११ : ४७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ ।
  • यसअघि नेपाल सरकार र एडीबीबिच २२ अर्ब रुपैयाँ बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको थियो ।
  • यो ऋण सहयोग देशको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन, व्यापार लागत घटाउन र सीमापार व्यापारलाई व्यवस्थित गर्न परिचालन गरिनेछ ।

काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भेटवार्ता भएको हो। 

balen shah adb 2

यसअघि सोमबार नेपाल सरकार र एडीबीबिच २२ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको थियो। सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबिच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि यो ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

balen shah adb

सरकारले एडीबीबाट प्राप्त हुने यस ऋण सहयोगलाई देशको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने कार्यमा परिचालन गर्ने लक्ष्य राखेको छ। प्रविधिको विकाससँगै जोखिममा आधारित जाँचपास र सरल प्रक्रिया अपनाएर व्यापार लागत घटाउने सरकारको योजना छ। यसैगरी सीमापार व्यापारलाई थप व्यवस्थित र अनुमानयोग्य बनाउन समेत यो सम्झौताले महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। 

यस आयोजनाको सफल कार्यान्वयनबाट स्वदेशमै रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने र क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको पहुँच थप मजबुत बन्ने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप