गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा
सारांश
- हेटौँडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
- आर्थिक वर्ष २०८१/८२ मा अनुगमन र नमूना परीक्षण गर्दा कैफियत देखिएपछि मुद्दा दायर गरिएको हो।
- स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट र म्याद गुज्रेका सामान बिक्री गर्ने व्यवसायीलाई मुद्दा लगाइएको छ।
मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो ।
कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए ।
अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । विभिन्न उद्योगबाट सङ्कलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताए ।
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका रु नौ लाख ९५ हजार बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण