दार्चुलामा अन्ठाउन्न कैदीबन्दी कारागार फर्किए
बिहीबार, ०२ असोज २०८२, १३ : १९
सारांश
- दार्चुलामा भएको प्रदर्शनका क्रममा ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन्।
- फरार दुई कैदीबन्दी सम्पर्कमा आएको जेलर सरिता चन्दले जानकारी गराइन्।
- प्रशासनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन र कानुनको पालना गर्न आग्रह गरेको छ।
दार्चुला । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा जिल्ला कारागारबाट फरार ७१ कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् । फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरिता चन्दले जानकारी दिइन् ।
फरार कैदीबन्दीको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण