चुच्चे नक्सा हटाएको आरोपबारे के भन्छ प्रधानमन्त्री कार्यालय ?
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी छन् । पूर्वमन्त्री अर्यालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्यू अचम्म लाग्यो – तपाईँको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।’
अर्यालले नक्सालाई संविधानको अनुसूचीमा अङ्कित संसद्ले राष्ट्रिय सहमतिमा पास गरेको, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकता दस्ताबेज हो भनेर जिकिर गरेकी छिन् ।
यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको कार्यकक्षमा नक्सा नै राख्न नभ्याइएको बताएको छ । सचिव गोविन्द कार्कीले अर्यालले लेखेजस्तो नयाँ नक्सा नहटाइएको बताए ।
‘यो हल्ला फैलाउनका लागि मात्रै हो । यहाँ नयाँ भवनमा सरेकाले नक्सै राख्न भ्याइएको छैन । परिस्थिति यहाँहरूले बुझ्नुभएकै छ,’ कार्कीले भने ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलाइएको थियो । त्यसपछि सिंहदरबारमै गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्कीको पदभार ग्रहण भदौ २९ गते गराइएको थियो ।
कार्यालयका शासकीय मामिला हेर्ने सचिव कार्कीले नयाँ स्थानमा प्रधानमन्त्री कार्यालय सानु परेको र पुरानो कार्यालयमा रहेका कागजात र सामग्री जलेकाले नयाँ कागजात र सामग्री व्यवस्थापन गर्दै जाँदा प्रधानमन्त्रीको कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नभ्याइएको जानकारी दिए ।
‘नयाँ भवनमा कार्यकक्ष बनाएर नयाँ प्रधानमन्त्रीलाई पदभार ग्रहण गराएका हौँ । त्यहाँ नयाँ नक्सा नै राख्न भ्याइएको छैन,’ सचिव कार्कीले रातोपाटीसँग भने, ‘पुरानो कार्यालय जलेर नष्ट भएको छ । त्यहाँका सामग्री काम नलाग्ने भएका छन् । नयाँ सामग्री व्यवस्थापन गर्दा भ्याइएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण