संविधान रक्षा र गणतन्त्र सुदृढीकरणमा एकता आवश्यक : भण्डारी
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आह्वान गरिन्।
- उनले संविधान दिवसको अवसरमा दलहरूलाई प्रतिस्पर्धा थाती राख्दै एक ढिक्का हुन आग्रह गरिन्।
- भण्डारीले युवा पुस्ताको ऊर्जा सदुपयोग गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताइन्।
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एक ढिक्का भएर अगाडि बढ्न आह्वान गरेकी छन् ।
पूर्व राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “वर्तमान परिस्थितिमा दलहरू बिचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नु पर्दछ । संविधान दिवसले यस दिशामा लाग्न हामी सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”
उनले वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी भएको संविधानलाई नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको ऐतिहासिक उपलब्धि रहेको बताइन् ।
साथै, गत भदौ २३ गते प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
संविधानको पालना र कानुनको शासन लोकतन्त्र सुदृढ बनाउन अपरिहार्य रहेको बताउँदै भण्डारीले भनिन्, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, समानता जस्ता अवधारणालाई अङ्गीकार गरेको वर्तमान संविधानको रक्षा गर्न राजनीतिक दल, नागरिक समाज र आम जनता मिलेर अगाडि बढ्नु पर्दछ ।”
उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणलाई आजको मुख्य आवश्यकता भन्दै राजनीतिक दलहरूले राष्ट्र हितलाई प्राथमिकता दिएर विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिइन् युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमताको सदुपयोग गरी मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्ने पनि उनको भनाइ छ।
पूर्व राष्ट्रपति भण्डारीले संविधान दिवसले सबैलाई आपसी सद्भाव, एकता र संवैधानिक मूल्यप्रति समर्पित हुन प्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण