म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन
सारांश
- म्याग्दीमा सार्वजनिक यातायातको भाडा दर समायोजन गरिएको छ।
- बेनी-जोमसोम, बेनी-दरवाङ र बेनी-रत्नेचौर सडकमा नयाँ भाडा दर कायम गरिएको छ।
- जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बनेको कार्यदलले सिफारिस गरेपछि भाडा दर समायोजन भएको हो।
म्याग्दी । म्याग्दीका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडा दर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बिहीबार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थायी मार्गमा सार्वजनिक यातायातको भाडा दर निर्धारण र समायोजन गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले स्तरोन्नति भएका सडकमा भाडा दर समायोजन तथा नयाँ मार्ग खुलेका सडकको भाडा दर निर्धारण गरिएको जानकारी दिए ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड, बेनी–दरवाङ र बेनी–रत्नेचौर सडकमा प्रतिकिलोमिटर प्रतियात्रु बसभाडा रु १० र जिप भाडा रु १५ कायम भएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डको ३३ किलोमिटरमध्य २६ किलोमिटर कालोपत्रे भएको छ ।
चौविस किलोमिटर दुरीको बेनी–दरवाङ सडकको बेनी–तोलावाङ खण्डको १८ किलोमिटर कालोपत्रे भएको छ । नयाँ भाडादरअनुसार बेनी–दरबाङ सडकमा बसमा प्रतियात्रु रु २४०, जिपमा रु ३६० र ट्याक्सीमा रु ४०८ भाडा कायम भएको छ ।
म्याग्दीका अन्य पक्की सडकमा प्रतिकिलोमिटर बसले रु १८ र जिपभाडा रु २५ भाडा तोकिएको छ । त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुवाहक ट्याक्सीलाई प्रतियात्रु, प्रतिकिलोमिटर रु १७ र कच्ची सडकमा प्रतिकिलोमिटर रु ३० कायम भएको छ ।
त्यस्तै तोकिएको प्रतिकिलोमिटर भाडा दर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामीण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रतिकिलोमिटर बसमा यात्रा गर्दा रु १४ र जिप भाडा रु १८ निर्धारण गरिएको छ ।
सडक स्तरोन्नति भए पनि सार्वजनिक यातायातको भाडा दर कच्ची सडक सरह तिर्नुपरेको सर्वसाधारणको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्यको नेतृत्वमा भाडा दर समायोजनका लागि अध्ययन गर्न कार्यदल बनाएको थियो ।
उक्त कार्यदल र स्थानीय तहको सिफारिसका आधारमा जनप्रतिनिधि, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायीको बैठकले भाडा दर निर्धारण र समायोजन गरेको हो । तोकिएको भाडा दर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टाँस्ने र प्रशासन तथा सुरक्षा निकायले नियमित अनुगमन गर्ने प्रजिअ तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण