जेनजी आन्दोलनमा तहसनहस भएका कैलालीका सरकारी कार्यालयहरू सेवा सुचारु गर्ने प्रयासमा
सारांश
- भदौ २४ गतेको आन्दोलनका कारण क्षति पुगेका कैलालीका सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न थालेका छन्।
- जिल्ला प्रशासन, अदालत र यातायात व्यवस्थापन कार्यालयले आंशिक सेवा सुरु गरेका छन्, भने मालपोत कार्यालय मर्मतपछि सञ्चालनमा आउनेछ।
- कार्यालयहरूले सरसफाइ, मर्मत र वैकल्पिक व्यवस्थापनमार्फत सेवा पुनर्स्थापनाको प्रयास गरिरहेका छन्।
धनगढी । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भएको तोडफोड र आगजनीले तहसनहस भएका कैलालीका सरकारी कार्यालयहरूले पुनः सेवा प्रवाह थाल्ने प्रयास गरेका छन् । आन्दोलनको एक सातापछि अधिकांश कार्यालयले आंशिक रूपमा सेवा सुचारु गरेका छन् ।
आन्दोलनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेपछि जिल्लाका प्रमुख सरकारी कार्यालयहरूमा कम्प्युटर, प्रिन्टर, कागजात र फर्निचर नष्ट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न निकायबाट कम्प्युटर र फर्निचरजस्ता सामग्री सहयोग प्राप्त गरेसँगै नागरिकता वितरणजस्ता अत्यावश्यक सेवा पुनः सुरु गरेको छ ।
कैलाली जिल्ला अदालतले शून्य अवस्थाबाट सेवा दिन थालेको स्रेस्तेदार जनकराज पन्तले बताए । नागरिकको अधिकारप्रति जबाफदेही रहँदै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, पक्राउ पुर्जी र म्याद थपजस्ता कामहरू सुरु गरिएको उनको भनाइ छ । अन्य कामहरू भने हाललाई स्थगित रहेको उनले जानकारी दिए ।
आगजनीबाट दुई तला पूर्ण रूपमा क्षति भए पनि यातायात व्यवस्थापन कार्यालयले बिहीबारदेखि सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन र रुट परमिटजस्ता आंशिक सेवा सुरु गरेको छ । कार्यालयका अधिकृत श्याम जोशीका अनुसार, सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सम्पूर्ण काम सुरु हुन भने केही दिन लाग्नेछ । यस कार्यालयमा सम्बन्धित कागजात र उपकरणहरू जलेर नष्ट भएका थिए ।
भन्सार कार्यालयले पनि आफ्नो ग्यारेजबाटै भए पनि पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याएको छ ।
कार्यालयहरूले सरसफाइ, मर्मत र वैकल्पिक व्यवस्थापनमार्फत सेवा पुनर्स्थापना गर्न जुटेको मालपोत कार्यालयका नापी अधिकृत जनकराज भट्टले जानकारी दिए । कार्यालयले आंशिक सेवा सुरु गरे पनि यसको काम मालपोत कार्यालयसँग जोडिएकाले पूर्ण सञ्चालनमा आउन सकेको छैन ।
‘मालपोत कार्यालय सुचारु हुनासाथ हाम्रो सेवा पनि पूर्ण रूपमा सञ्चालन हुनेछ,’ अधिकृत भट्टले भने ।
आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको मालपोत कार्यालयमा हाल मर्मतको काम तीव्र गतिमा भइरहेको छ । मालपोत अधिकृत प्रेमबहादुर दौल्यालका अनुसार, कार्यालयको सेवा पुनः सुरु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान छ ।
दैनिक सयौँ सेवाग्राहीको भिड लाग्ने यी कार्यालयहरूले कठिनाइका बाबजुद सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास गरेसँगै जिल्लाको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण