शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्डो–नेपालको सहकार्यमा फिल्म ‘मोना लिसा’ निर्माणकाे घोषणा

सोमबार, ०६ असोज २०८२, १० : ५४
सोमबार, ०६ असोज २०८२

सारांश

  • भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म 'मोना लिसा (ब्लडी लभ)' निर्माण हुने घोषणा गरिएको छ।
  • फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् भने यसमा भारतसहित विभिन्न देशका प्राविधिक टोली रहनेछन्।
  • सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजनाका साथ फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ।

काठमाडौँ । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो । 

बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको लेखन तथा निर्देशन किङ योगी रहेका छन् । ठुलो बजेटमा निर्माण हुने भनिएको फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ ।

यसअघि ठुला–ठुला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट भइरहेको छ । कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको फिल्म सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना निर्माण युनिटको छ ।

सार्वजनिक गरिएको फिल्मको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ । यसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने सङ्केत दिन्छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप