घटस्थापनाको अवसर पारेर फिल्म ‘लज्जावती’ शुभमुहूर्त
सारांश
- राजबहादुर सानेको निर्देशन रहने फिल्म 'लज्जावती' को शुभमुहूर्त घटस्थापनाको अवसरमा पशुपतिनाथ मन्दिरमा गरिएको थियो।
- मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएका थिए र छायाङ्कन सुरु भयो।
- सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप रोकाया हुन्, र यसको छायाङ्कन काठमाडौँमा हुनेछ।
काठमाडौँ । राजबहादुर सानेको निर्देशन रहने फिल्म ‘लज्जावती’ को शुभमुहूर्त गरिएको छ । सोमबार घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा एक कार्यक्रमका बिच फिल्मको शुभमुहूर्त गरिएको हो ।
कार्यक्रममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त सट दिएका थिए । फिल्मको मुर्हूतसँगै छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन सेड्युल ३० दिनको राखिएको निर्देशक सानेले बताए ।
आहा फिल्मसकाे ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप रोकाया हुन् । दीपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सहनिर्माता रहेको फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् ।
काठमाडौँ आसपासमा छायाङ्कन गरिने फिल्ममा मुकुन, श्रीकृष्ण, मेनुका र जानुकासहित माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण