राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार–२०८२ कँडेललाई
सारांश
- विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार-२०८२ बाट सम्मान गरियो।
- मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले एक लाख रुपैयाँ राशिको पुरस्कार कँडेललाई प्रदान गर्यो।
- कँडेललाई नेपाली साहित्यमा छन्दोबद्ध कविता, काव्य र महाकाव्यको योगदानको कदर गरिएको हो।
काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार–२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले मंगलबार राष्ट्रकवि घिमिरेको निवासमा आयोजित एक समारोहमा कँडेललाई यो पुरस्कार प्रदान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रूपमा उनलाई पुरस्कार प्रदान गरेका थिए।
एक लाख रुपैयाँ राशिको यो पुरस्कार छन्दोबद्ध कविता, काव्य र महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा पुर्याएको योगदानको कदर स्वरूप कँडेललाई दिइएको प्रतिष्ठानले जनाएको छ। धादिङको रिचाकोटारमा जन्मेका कँडेलका कृतिहरूमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणाका भावहरू पाइन्छन्।
यसअघि राष्ट्रपति भवन शीतल निवासमा वितरण गरिने यो पुरस्कार यस वर्ष विशेष परिस्थितिका कारण घिमिरेकै निवासमा प्रदान गरिएको परिवारका सदस्य राजीव घिमिरेले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण