गण्डकीका मुख्यमन्त्री पाण्डे : जसले कानुनमा भएको सुविधा पनि कहिल्यै लिएनन्
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्रीले सुरुदेखि नै पूरा सुविधा लिएका छैनन् र स्वकीय सचिव कटौती गरेका छन्।
- मन्त्रीहरूले ३ जना स्वकीय सचिव राख्न पाउने भए पनि मुख्यमन्त्रीले सुरुदेखि नै कम सुविधा लिएका छन्।
- संघीय सरकारको निर्णय अनुसार, राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदाधिकारी बाहेक अन्य सांसदको स्वकीय सचिवको सुविधा खोसिएको छ।
पोखरा । गण्डकी प्रदेश सभाबाट पारित भएको पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधा सम्बन्धी ऐनमा मुख्यमन्त्रीलाई ३ जना स्वकीय सचिव, राजनीतिक सल्लाहकार, प्रेस संयोजकको सुविधा दिइएको छ । तर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नियुक्त भएकै समयदेखि पूरा सुविधा लिएका छैनन् । उपसचिव, अधिकृत र नासु स्तरको सुविधा पाउने उनले सुरुमा अधिकृत र नासु मात्रै नियुक्त गरे ।
१ वर्षअघि अधिकृत सरहका सुविधा पाउने अनुप कडरियाले राजीनामा दिएपछि उक्त पद पनि अहिलेसम्म रिक्त छ । हालसम्म नासुको सुविधा पाउने विक्रम अधिकारीले उनको सचिवालय धानिरहेका छन् । नियुक्त गर्न पाउने राजनीतिक सल्लाहकार पनि अहिलेसम्म उनले नियुक्त नै गरेका छैनन् । प्रेस संयोजक भने सुरुदेखि नै नरहरि सापकोटालाई राखेका छन् ।
जेनजीको प्रदर्शनपछि बनेको नयाँ सरकारले स्वकीय सचिवको सुविधा कटौती गरिदिएको छ । यो निर्णय कार्यान्वयन हुँदा पनि प्रदेशका मन्त्रीहरूले ३ जनासम्म स्वकीय सचिव राख्न पाउँछन् । प्रदेशको कानुनले मन्त्रीलाई २ जना मात्रै स्वकीय सचिवको सुविधा दिएको छ । तर, मुख्यमन्त्री पाण्डेले नियुक्तिपश्चात नै व्यक्तिगत रूपमा पालना गर्दै आएका छन् ।
‘काम चलिरहेको छ भने अरू थप्नुपर्ने छैन नि । मलाई यत्तिले नै काम चलेको छ,’ उनले भन्दै आएका छन् । गण्डकीमा ६० जना सांसद छन् । तीमध्ये ८ जना मन्त्री बनेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का फणीन्द्र देवकोटाले आन्दोलनकै क्रममा मन्त्री पदबाट राजीनामा बुझाएका थिए । उनीसहित सबै सांसदले पाउने स्वकीय सचिवको सुविधा अब कटौती हुनेछ । अर्थात्, ५१ जनाले उक्त सुविधा गुमाउने भएका छन् । सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाले उनको पद रिक्त छ ।
सङ्घको अर्थ मन्त्रालयले गरेको पहिलो निर्णयअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक अन्य राजनीतिक पदाधिकारी र सांसदहरूको स्वकीय सचिव खोसिएको हो ।
यसैगरी, नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र कर्मचारी नियुक्त गर्न सकिने गरी अर्को निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण