मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सरकारले प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थाहरूमा अब थप लगानी नगर्ने

बुधबार, ०८ असोज २०८२, ११ : ०९
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । सरकारले सरकारी लगानी व्यवस्थापन गर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व वहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा सेयर तथा ऋण लगानी गर्ने निर्णय गरेको छ ।

 गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठक गरेको निर्णयअनुसार मन्त्रालयले यस्तो नीति लिएको हो । 

त्यस्तै, नेपाल सरकारले अब आर्थिक अवस्था कमजोर भएका तथा सावाँ/व्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ ।

सरकारले यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निष्कासन (एफपीओ) सेयर जारी गर्न रोक्का गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रालयले नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्बन्धित मन्त्रालयलाई तदारुकता देखाउन  निर्देशन समेत दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप