नारायणगढ–मुग्लिन सडक बारम्बार अवरुद्ध, दिगो समाधान निकाल्न सरकारसँग ट्रक व्यवसायी महासङ्घको माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारलाई दिगो समाधान निकाल्न माग गरेको छ।
महासङ्घका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईनखोलामा मंगलबार साँझ ४ देखि ५ बजेसम्म लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकाका लागि अवरुद्ध बनेको छ। निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर सङ्कटमा परेको महासङ्घका महासचिव राजेन्द्र विक्रम बाँनियाले बताए ।
गत असोज ३ गते साँझ खसेको पहिरो ठुलो मेहनतपछि पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठुलो पहिरो खसेर आवागमन ठप्प भएको महासङ्घले जनाएको छ।
त्यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाडखोला ९बाँदरे मोड० मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएकामा केही समयमै अर्को ठुलो पहिरो खस्नुले यस क्षेत्रमा दिगो समाधान आवश्यक रहेको स्पष्ट भएको महासङ्घको तर्क छ।
सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्याउन नसक्दा ठुलो क्षति भइरहेको महासङ्घका महासचिव बाँनियाले बताए । विशेष गरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली नै अस्तव्यस्त हुनुले जनजीवनमा प्रत्यक्ष असर परेको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको उल्लेख गरिएको छ।
यस पृष्ठभूमिमा महासङ्घले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढङ्गले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ। साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासङ्घले जोड दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण