माओवादीको केन्द्रीय समिति बैठक : १० वटा समूह बनाएर छलफल, शुक्रबार टोली नेताहरूले धारणा राख्ने
बिहीबार, ०९ असोज २०८२, १६ : ०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । बिहीबारको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखे ।
विभिन्न १० वटा समूह बनाएर छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
शुक्रबारदेखि टोली नेताहरूले धारणा राख्नेछन् । आजकाे बैठकमा नेताद्वय श्रेष्ठ र शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेकाे प्रस्तावमा असहमति जनाएका छन् ।
बिहीबार काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रीय कमिटीको सातौँ बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
अध्यक्ष प्रचण्डसहित श्रेष्ठ र शर्माले धारणा राखेपछि बैठक शुक्रबार बस्नेगरी पहिलो दिनको बैठक सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण