बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह

शनिबार, ११ असोज २०८२, १२ : १४
शनिबार, ११ असोज २०८२

सारांश

  • गृह मन्त्रालयले विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न अनुरोध गरेको छ।
  • जेनजी प्रदर्शनमा भएको घुसपैठलाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
  • मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न र अरूलाई असर नपर्ने गरी विरोध प्रदर्शन गर्न आग्रह गरेको छ।

काठमाडौँ । गृह मन्त्रालयले विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न अनुरोध गरेको छ । 

हालै भएको जेनजी प्रदर्शनमा भएको घुसपैठलाई मध्यनजर गर्दै मन्त्रालयले विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी गर्न आग्रह गरेको हो । 

मन्त्रालयले भनेको छ– 'नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रण लगायतका माग राखी भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन पश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भैसकेको छ । यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गर्नु भई समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।'

552297685_1359692205573719_4595463380298648860_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप