राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा : नेता दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा रहेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बेलामा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राखे ।
नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दासहित १८ महिना सरकार सञ्चालन गरेको दाबी गरे । तर, केपी शर्मा ओली नेतृत्वको सरकारको कारण जनतामा निराशा बढेको उनले तर्क गरे ।
नेता दाहालले जायज माग लिएर सडकमा उत्रिएका युवा पुस्तामाथि तत्कालीन सरकारले बर्बर दमन गरेको, पाशवीक हत्या गरेको र पहिलो दिनमै २१ जनाले ज्यान गुमाउनुपरेको बताए ।
जेनजी पुस्ताले कुनै पनि अपराध कर्म गर्नै नसक्ने भन्दै उनले आन्दोलनका क्रममा धमिलो पानीमा माछा मार्ने काम भएको बताए ।
नेता दाहालले असहमतिको बाबजुद पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको धारणा राखे ।
वर्तमान सरकारसँग तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ भन्ने माओवादीको माग रहेको पनि उनले बताए । उनले संसद्भन्दा बाहिरको विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको माग रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण