आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

रेस्टुराँमा गोली चल्दा अमेरिकामा तीन जनाको मृत्यु

आइतबार, १२ असोज २०८२, १२ : २५
आइतबार, १२ असोज २०८२

सारांश

  • उत्तरी क्यारोलिनामा गोलीबारी हुँदा तीन जनाको मृत्यु भयो।
  • एक बन्दुकधारीले रेस्टुरेन्टमा गोली चलाए, जसमा आठ जना घाइते भए।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, तर संदिग्धबारे थप विवरण आएको छैन।

वासिङ्टन डीसी । अमेरिकाको उत्तरी क्यारोलिनामा गोलीबारीको घटनामा तीन जनाको मृत्यु भएको  छ । डुङ्गामा सवार एक बन्दुकधारीले रेस्टुरेन्टमा गोली चलाएका थिए । 

यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र अरू आठ जना घाइते भएको बताइएको छ । अपराध गरेपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

डुंगामा चढेर ती बन्धुकधारीले साउथपोर्ट योट बेसिनमा रहेको अमेरिकन फिश कम्पनी रेस्टुराँमाथि गोली प्रहार गरेका थिए । यो घटना शनिबार साँझ ९ः३० बजेतिरको हो । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणको क्रममा अरू आठ जना घाइते भएको प्रहरीले बताएको छ । अधिकारीहरूले घटनाको थप विवरणहरू जारी गरेका छैनन् । 

रेस्टुरेन्ट नजिकै एउटा डुङ्गा रोकेर रेस्टुराँमा खाना खाइरहेका भीडमाथि अन्धाधुन्ध गोली चलाएर भागेको अधिकारीहरूले बताएका छन् । एक जना संदिग्धसँग प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको खबर आएको थियो । तर ती मान्छे आरोपी नै हुन् कि होइनन् भन्ने खुलासा भएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप