सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुनसरीमा जनमत पार्टीबाट सामूहिक राजीनामा

आइतबार, १२ असोज २०८२, १८ : ४०
आइतबार, १२ असोज २०८२

काठमाडौँ । सुनसरी जिल्लामा जनमत पार्टीका नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

जनमत पार्टी सुनसरीका पूर्वजिल्ला इन्चार्ज रमानन्द मेहताको नेतृत्वमा ८१ जना नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टीमा वैचारिक विचलन तथा नेतृत्वमा चरम अवसरवाद देखिएको कारण आफूहरूले सामूहिक राजीनामा दिएको नेता मेहताले बताए । 

उनले भने, ‘मधेश विचार, मुक्ति र संघर्ष, तथा राजनीतिक संस्कारको जगमा स्थापित जनमत पार्टी र डा. सीके राउतबाट हामीलाई यति ठुलो घात हुन्छ भन्ने कुरा हामीले कहिल्यै कल्पना गरेका थिएनौँ, डा. राउतले जनमत पार्टीलाई निजीकरण गरी मुद्दा एजेण्डा सबै छाडेको कारण त्यो पार्टीमा बस्न उचित लागेन ।’

पछिल्लो समय पुराना स्वराजी (नेता)हरूलाई अपमान गरी पार्टीबाट निकाल्ने गरेको बताउँदै उनले पार्टीमा दलाल भ्रष्टहरूलाई प्रवेश गराउने गरेको कारण पुराना नेताहरू निस्किन लागेको उनले दाबी गरे ।

उनले गुनासो गर्दै भने, ‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र फरक मतको कदर नभई त्यसको हत्या भइरहेको छ नेतृत्व परिवारवाद, नातावाद, कृपावाद, निरंकुशता र ‘भगवानवाद’ तर्फ उन्मुख छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप