सरकारमा जेनजी वा सहिद परिवारको पनि प्रतिनिधित्व गराउन प्रभु साहको सुझाव
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी आन्दोलनका सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने सुझाव दिए।
- रौतहटमा आयोजित कार्यक्रममा बोल्दै साहले जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा सोही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको बताए।
- उनले कांग्रेस र एमालेको सरकारले मुलुक जोगाउन नसकेको र नेतृत्व हस्तान्तरण गर्नुपर्ने टिप्पणी गरे।
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारको पनि प्रतिनिधित्व गराउन सुझाव दिएका छन् ।
रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे ।
`अहिलेको सरकार जेनजी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।
कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउँदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढ्दा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण