बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङको निम्तो

मङ्गलबार, १४ असोज २०८२, १९ : ५५
मङ्गलबार, १४ असोज २०८२

काठमाडौँ .। नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा तेस्रो खेल आज खेल्दै छ ।

शारजहाँ क्रिकेट मैदानमा जारी यस महत्त्वपूर्ण खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिएको छ । 

सिरिजको निर्णायक भनिएको यस खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको छ । 

तीन खेलको श्रृंखलामा नेपालले भएका दुवै खेल जितिसकेको छ । आजको खेलमा पनि जित निकाल्न सके नेपालले एक टेस्ट राष्ट्रमाथि सिरिज क्लिन स्विप गरेर अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय रेकर्ड कायम गर्न सक्छ ।

नेपालले पहिलो खेलमा १९ रनको अन्तरले तथा दोस्रो खेलमा ९० रनको विशाल अन्तरले जित निकालेको थियो, जसले गर्दा टोली उच्च मनोबलमा रहेको छ । 

नेपालले आजको खेलमा पनि आफ्नो विजयी टोलीलाई निरन्तरता दिएको छ । नेपालले सिरिजमा आफ्नो वर्चस्व कायम गर्ने रणनीति लिएको छ ।

नेपालको क्रिकेट इतिहासमा टेस्ट राष्ट्रलाई सिरिजमा क्लिन स्विप गर्नु एक गौरवशाली उपलब्धि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप