सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
काठमाडौँ । राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले भूमिहीन सुकुमबासीका लागि सरकारले छुट्टाएको बजेट कम भएको भन्दै सुकुमबासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नभएको बताएकी छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राईले यस्तो बताएकी हुन् । साथै उनले ३८ हजार ८६ घर सङ्ख्याका सुकुमबासीको उठिबास भएको र लाखौँ बेपत्ता भएको बताइन् । ‘सुकुमबासीले पैसा होइन, भूमि खोजेका छन् । उनीहरूले स्थायी बसोबास खोजेका छन् । कहिले व्यवस्थापन गर्नुहुन्छ ?’, प्रश्न गर्दै राईले भनिन्, ‘यो सरकारले सुकुमबासी समस्या समाधान गर्ने देखिएन ।’
वर्तमान सरकार विनासबाट उत्पन्न भएको भन्दै उनले सरकार नै विकास भन्दा ध्वंसमा रमाउने किसिमको भएको आरोप लगाइन् ।
‘विकास भन्दा ध्वंसमा रमाउने, हाँसो र खुसीभन्दा आशुमा रमाउने सरकारलाई भन्न पनि पर्दैन होला जस्तो लाग्छ’, सांसद राईले शिक्षामा छुट्टाएको बजेटले शिक्षामा सुधार आउन नसक्ने बताइन् । पूर्वसांसद मञ्चलाई दिइँदै आएको ५० लाख बजेट कटौती गरेर १५ लाखमा झारेको र त्यसको आलोचना भएको भन्दै सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण