दक्षिण भारतको थर्मल पावर परियोजनामा दुर्घटना हुँदा नौ जनाको मृत्यु
बुधबार, १५ असोज २०८२, २३ : ०६
सारांश
- तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको खम्बा ढल्दा नौ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परी घाइते भएका एक जना कामदारको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
- मृत्यु हुने सबै मजदुरहरू भारतको आसाम राज्यका थिए, जो २० फिट माथि काम गरिरहेका थिए।
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
दुर्घटना तमिलनाडु राज्यको राजधानी चेन्नईमा भएको र सबै मृतकहरू उत्तर–पूर्वी राज्य आसामका मजदुर रहेको प्रहरी जनाएको छ ।
मजदुरहरू २० फिट भन्दा बढी उचाइमा काम गरिरहेका अवस्थामा चाप निर्माणका लागि लगाइएको फलामको खम्बा अचानक ढलेरे दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।
मङ्गलबार राति निर्माणाधीन एक हजार ३२० मेगावाट एन्नोर विशेष आर्थिक क्षेत्र ९सेज० थर्मल पावर परियोजनामा दुर्घटना भएको बताइएको छ ।
घाइते कामदारको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण