मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जल सतह बढ्ने सम्भावना छ।
- कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरूमा जल सतह बढ्ने अनुमान गरिएको छ।
- साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरुमा जलसतह बढ्ने र स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। शुक्रबार बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनीहरुको सहायक नदीहरु तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
तर आगामी २४ देखि ७२ घण्टासम्मको पूर्वानुमान अनुसार केही मुख्य नदीमा उल्लेख्य जलसतह बढ्ने देखिएको छ। कोशी जलाधारअन्तर्गत सुनकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा आज सामान्य वृद्धि देखिए पनि भोलि र पर्सि उल्लेख्य बढ्ने अनुमान गरिएको छ। नारायणी जलाधारका नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। कर्णाली र महाकाली जलाधारका नदीहरुमा आज र भोलि सामान्य वृद्धि देखिए पनि पर्सि उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ। अन्य नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्तीमा आगामी तीन दिन उल्लेख्य जलसतह बढ्ने अनुमान छ भने बबईमा आज सामान्य वृद्धि र भोलि तथा पर्सि उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ।
स-साना नदीहरुमा पनि जोखिम बढ्ने महाशाखाले जनाएको छ। ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बागलुङ, मनाङ, गोर्खा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया लगायतका जिल्लामा बहने स-साना नदीमा आज बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको छ। त्यसैगरी, इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला र कंचनपुरमा बहने स-साना नदीमा पनि आकस्मिक बाढीको जोखिम मध्यम रहने अनुमान छ।
भोलि र पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी किनारका बासिन्दा र तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण