आज यी जिल्लामा बाढीको जोखिम उच्च
शनिबार, १८ असोज २०८२, ११ : ५८
सारांश
- देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ।
- जल तथा मौसम विज्ञान विभागले आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
- विभागका अनुसार बाढीको अति उच्च जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ । विभिन्न जिल्लामा आज भारी वर्षाको सम्भावना रहेकोले बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेको छ ।
यी जिल्लाको नदी किनारमा रहनेहरूले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण