शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा

शनिबार, १८ असोज २०८२, १३ : ०८
शनिबार, १८ असोज २०८२

सारांश

  • लगातारको वर्षाका कारण उपत्यकाका खोला र नदीमा जल सतह बढ्दै गएको छ।
  • वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला लगायतका खोलामा पानीको सतह बढेको छ।
  • जल तथा मौसम विज्ञान विभागले खोलाको किनारबाट यात्रा नगर्न आग्रह गरेको छ।

काठमाडौँ । निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा रहेको छ । 

वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जल सतह बढेको हो । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

हाल विशेष गरी गण्डकी प्रदेशको पूर्वी भू–भाग देखि कोशी प्रदेश सम्म नै  अधिकांश स्थानहरूमा  मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको विभागले जनाएको छ । 

सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा अति उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप