सुदूरपश्चिममा मौसम सामान्य
शनिबार, १८ असोज २०८२, २१ : १०
सारांश
- सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो, तर एक दुई ठाउँमा वर्षाको सम्भावना छ।
- कैलालीको चुरे क्षेत्रमा गएराति ७० मिलिमिटर वर्षा मापन गरिएको थियो।
- विपद् जोखिम न्यूनीकरणका लागि कैलाली र कञ्चनपुरका नदी किनारमा 'गेज रिडर' सक्रिय पारिएको छ।
कैलाली । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ ।
स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक/दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशका अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।
गएराति कैलालीको चुरेपहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो । “सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो । प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ”, कार्यालयका प्रमुख सञ्जय साहले भने।
वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण