जनयुद्धको आदर्श र आजको यथार्थ
२०५२ फागुन १ गतेदेखि सुरु भएको माओवादी जनयुद्ध करिब एक दशक लामो संघर्षपछि २०६२/६३ को जनआन्दोलनसँगै अन्त्य भयो । हजारौँको बलिदान र संघर्षपछि नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, तर आज पनि जनयुद्धका उद्देश्य र उपलब्धि, नेताहरूको आचरण र जनजीवनबिच ठुलो अन्तर देखिन्छ ।
माओवादीले जनयुद्ध सुरु गर्दा सामन्तवादको अन्त्य, गणतन्त्रको स्थापना र समानतामूलक समाज निर्माण गर्ने उद्घोष गरेको थियो । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय सबै नागरिकलाई समान रूपमा उपलब्ध गराउने सपना देखाइएको थियो ।
युद्धले करिब १७ हजारको ज्यान लियो; हजारौँ घाइते, बेपत्ता र विस्थापित भए । राजतन्त्र अन्त्य भई गणतन्त्र घोषणा भयो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । महिलासहित दलित, आदिवासी, मधेसी र पिछडिएका वर्गलाई समानुपातिक अधिकार सुनिश्चित गरियो । माओवादी पहिलो संविधानसभामा सबैभन्दा ठुलो दलका रूपमा उदायो, माओवादीका नेता प्रधानमन्त्रीसम्म बन्न पुगे ।
संघर्षकालमा ‘जनताको सेवक’ भन्दै साधारण जीवन बिताउने नेताहरू अहिले ठुला घर, महँगा गाडी, विदेश उपचार र ऐश्वर्यपूर्ण जीवनशैलीमा रमाइरहेका छन् । प्रचण्ड, बाबुराम, वर्षमान पुन, जनार्दन लगायत नेताहरू पटक–पटक सरकारको शीर्ष तहमा पुगे पनि जनतालाई ठोस सुविधा दिन सकेनन् । आफ्ना आफन्त र नजिकका कार्यकर्तालाई मात्र अवसर दिने प्रवृत्ति बढ्यो ।
माओवादीले जनयुद्ध सुरु गर्दा सामन्तवादको अन्त्य, गणतन्त्रको स्थापना र समानतामूलक समाज निर्माण गर्ने उद्घोष गरेको थियो । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय सबै नागरिकलाई समान रूपमा उपलब्ध गराउने सपना देखाइएको थियो ।
घाइते र अपाङ्गता कार्यकर्ता अझै उपचारविहीन छन्, बैसाखी र परनिर्भर जीवन बिताइरहेका छन् । रोजगारीविहीन कार्यकर्ता संघर्षकालमा पढाइ–लेखाइ छाडेका युवा आज बेरोजगार छन्, कतिपय बिदेसिन बाध्य छन् । महिला पूर्वलडाकु युद्धमा योगदान पुर्याए पनि समाज र पार्टीले उपेक्षा गरेका छन् । सहिद परिवार अझै राहत, शिक्षा वा रोजगारीविना सामान्य जीवन बिताइरहेका छन् ।
इमानदार कार्यकर्ताले नेतामाथि प्रश्न उठाउँदा उनीहरूलाई पद र अवसरबाट टाढा राखिन्छ । अन्य दलबाट आएका वा मौसमी, धनवान् कार्यकर्तालाई मात्र प्राथमिकता दिइन्छ । नेताहरूले तिनै पात्रलाई प्रयोग गरी पुराना कार्यकर्ताविरुद्ध बोल्न लगाउने गरेका छन् र आफूलाई निर्दोष ठहर गर्छन् ।
पदमा पुगेपछि नेताहरूले पुराना पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराई आर्थिक संकलन गर्ने, अवाञ्छित आम्दानीलाई वैधानिक देखाउने प्रवृत्ति बढेको छ । नेताहरू व्यक्तिगत सम्पत्ति र सुविधामा रमाइरहेका बेला जनताको पक्षमा ठोस उपलब्धि देखिँदैन ।
युद्धकालमा सादगी र जनसेवाको उद्घोष थियो, तर आज व्यक्तिगत सम्पत्ति र सुविधा नै प्राथमिकता बनेको छ । हिजो जनताको घरमा बास बस्ने बाध्यता थियो, तर आज सत्ताको प्रलोभन, बिग्रिएको राजनीतिक संस्कृतिको प्रभाव र व्यक्तिगत महत्त्वाकांक्षाले नेताहरूलाई विलासी जीवनतर्फ मोडेको छ । माओवादी आन्दोलनले नेपालको राजनीतिक संरचना बदलिदियो, तर समानता, सामाजिक न्याय र विकासको सपना अझै अपूरा छन् ।
पुराना, त्यागी र इमानदार कार्यकर्तामाथि भएको दमन, मौसमी र पैसावालालाई दिइएको प्राथमिकता र नेताहरूको विलासी जीवनशैलीले आन्दोलनकै आत्मा कमजोर बनाएको छ । नेपाललाई साँचो अर्थमा स्वाभिमानी, आत्मनिर्भर र समृद्ध बनाउन अब युवा पुस्ताको निस्वार्थ नेतृत्व आवश्यक छ । बलिदान र संघर्षलाई अवसरको भर्याङ होइन, देश विकासको आधार बनाउनुपर्ने आजको आवश्यकता हो ।
(न्यौपाने एमफिल/पिएचडीका शोधार्थी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण