शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पछिल्लो १२ घण्टामा कहाँ–कहाँ भयो भारी वर्षा ?

आइतबार, १९ असोज २०८२, १३ : १३
आइतबार, १९ असोज २०८२

सारांश

  • पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा भारी वर्षा भएको छ।
  • आइतबार काठमाडौँमा वर्षा रोकिए पनि पूर्वतिर मनसुनी वर्षा धकेलिएको छ।
  • मौसम विभागका अनुसार इलामको सूर्योदयमा २४२.६ मिलिमिटर वर्षा मापन भएको छ।

काठमाडौँ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा भारी वर्षा भएको छ । काठमाडौँमा आइतबार बिहानदेखि वर्षा रोकिएको छ भने पूर्वतिर मनसुनी वर्षा धकेलिएको छ । 

शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको क्षेत्रमा जनजीवन प्रभावित भएको छ । आज मौसम बदली भई मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । 

आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ । 

जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी इलामको सूर्योदयमा २४२.६ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा झापाको बाहुन डाँगीमा १९५.४,  इलाम टि स्टेटमा १७८.४, अर्नाबारी बिर्तामा १३४ र चन्द्रागढी एयरपोर्टमा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप