बल्खु क्षेत्रका बाढी प्रभावित घरहरूको सरसफाइ र उद्धार कार्यमा जुट्यो वाईसिएल
आइतबार, १९ असोज २०८२, १७ : ४६
सारांश
- काठमाडौंको बल्खु क्षेत्रमा वाईसिएल नेपालले सरसफाइ र उद्धार कार्य गर्यो।
- कार्यकर्ताहरूले डुबानमा परेका घर सफा गरे र फोहोर पानी निकाले।
- अध्यक्ष पुष्प ओलीको नेतृत्वमा देशभर १० हजार कार्यकर्ता परिचालन गरियो।
काठमाडौँ । हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौँको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ ।
वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर साफा गर्न सहयोग गरेका छन् । साथै, बाढीले क्षति पुर्याएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ ।
बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अध्यक्ष पुष्प ओलीको नेतृत्वमा वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण